scheduleशनिवार आश्विन १० गते, २०७७

कोरोना आशंकामा दाङमा ३५० भन्दा बढीको परिक्षण

दाङ, २७ वैशाख । कोरोनाका आशंकामा दाङमा अहिलेसम्म साढे ३ सय बढीको नमूना परीक्षण गरिएको छ । कोरोनाको आशंकामा पिसिआर र आरडिटी विधिबाट गरि जिल्लामा ३ सय ८६ जनाको कोरोना भाइरस भए/ नभएको जाँच गरिएको हो । जिल्लामा पिसिआर प्रविधिबाट १ सय ८९ जनाको कोरोना भए/ नभएको जाँच गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पटक ३८ जनाको रिर्पाेट आएसँगै पिसिआर विधिबाट १ सय ८९ जनाको कोरोना जाँच भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका ८८ र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय १ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको हो । परिक्षण गरिएका सबैको रिर्पोटमा कोरोना नभएको पुष्टि भएको छ ।

त्यस्तै आरडिटि विधिबाट १ सय ९७ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । कोरोना विशेष अस्पताल बेलझुण्डीमा अहिले १४ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेशनमा भने अहिले खाली रहेको छ ।

यस्तै दाङका सात स्थानीय तहमा एक सय ४१ जना क्वारेन्टाइनमा भर्ना भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना रोग फोकलपर्सन कमल चन्दका अनुसार सबैभन्दा धेरै तुलसीपुरमा ६७ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै लमहीमा ४० , बबईमा ९, बंगलाचुलीमा ८ ,राप्ती र गढवामा ६/६, घोराहीमा ५ जना भर्ना भएका छन् । राजपुर , शान्तिनगर र दंगिशरण गाँउपालिकामा क्वारेन्टाईनमा कोही पनि नरहेको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय