scheduleबुधवार जेष्ठ १४ गते, २०७७

भविष्यको चिन्तामा गाउँ पस्दै इटलीका युवा, हिंसा र नशाबाट मुक्तिको खोजी

रोम, २७ वैशाख । शहरमा कोरोना फैलिएपछि गाउँ पस्ने नियति नेपालमा मात्र छैन । यो संसारका विकसित देशहरुमा पनि देखिने अभ्यास हो । कुनैबेला कोरोना महामारीबाट गहिरोसँग प्रभावित इटलीका युवाहरु पनि अहिले गाउँ पसिरहेका छन् । गाउँ फर्किएर गाउँमै भविष्य खोज्दा भविष्यमा यस्ता अन्य महामारीबाट बच्न सकिने उनीहरुको अपेक्षा छ ।

गाउँ पस्नेहरु सबै उमेरका छन् तर ठूलो संख्या भने युवाको छ । उनीहरुको बुझाईमा शहरमा भाग-दौडले भरिएको जिन्दगी छ । हिंसा र आतंकवादको आतंक छ र कुलत जस्ता आनीबानी बढिरहेको छ ।

Dish_Home

अर्को कुरा गाउँमा पनि शहरमा पाइने धेरै सुविधाहरु छन् । इन्टरनेटका कारण अफिसका कयौं कामहरु गर्न पनि सम्भव छ । गाउँमा बस्दा पढ्नको लागि धेरै आर्थिक दबाव पनि झेल्नु पर्दैन ।

गाउँमा पर्यटन बढाउने विचार
इटलीको संस्कृति मन्त्रालय पनि ग्रामिण क्षेत्रमा पर्यटन, उद्योग र सुविधा बढाउने योजना अगाडि सार्ने पक्षमा छ । गाउँतर्फ मानिसहरुको रुझान बढ्दा सामाजिक-आर्थिक गतिविधि तीव्र हुन्छ । मानिसहरुले सरकारसँग यस्तो नीति ल्याउन माग गरिरहेका छन् जसबाट सुनसान भइरहेको गाउँमा जनसंख्या वृद्धि होस् ।

यो साहसिक र व्यवहारिक फैसला गर्ने बेला हो

मिलानका कयौं इकोफ्रेन्डली भवन बनाइसकेका चर्चित आर्किटेक्ट स्टिफानो बोइरी भन्छन्, ‘यो साहसिक र व्यवहार निर्णय लिने बेला हो । अब शहरलाई संक्रमण बम बनाउनबाट रोक्नुपर्छ ।’ त्यस्तै समाजशास्त्री, मानव विज्ञानका अध्येता भन्छन्- महामारीले मानिसको बाँच्ने तरिका परिवर्तन गरेको छ । उनीहरुलाई पहाडी र ग्रामिण क्षेत्र खाली क्षेत्रमा बस्नका लागि प्रोत्साहित गर्नुपर्छ ।

आर्किटेक्ट स्टिफाो बाइरीका अनुसार, इटलीमा कमसेकम ५८०० गाउँ यस्ता छन्, जहाँ ५ हजारभन्दा कम जनसंख्या छ । यस्तै करिब २३०० गाउँ यस्ता छन् जहाँ पूरै शून्यता मात्रै छ । कोही पनि बस्दैनन् । यस्तो अवस्थामा यी गाउँहरुमा खेतीपाती गरी बस्ती बसाउन सकिन्छ । यहाँ वर्क फ्रोम होम, इन्टरनेट सुविधा, करमा छुट, यातायातको सुविधा जस्ता सुविधा बढाउँदा शहरमा बोझ कम हुन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय