scheduleशनिवार मंसिर २० गते, २०७७

एटीएममा विषालु सर्प घुसेपछि …


नयाँ दिल्ली, २७ वैशाख । भारतको गाजियाबादस्थित गोविन्द्पुरम जे ब्लकमा रहेको आईसीआईसीआई बैंकको एटिएमभित्र विहीबार एक विषालु सर्प पस्यो । पैसा झिक्न एटीएम भित्र पसेका मानिसहरु भागाभाग गर्न थाले ।

पैसा झिक्न हतार भएका मानिसहरु द्विविधामा परे, सर्प निस्कन दिने कि फर्कने ? लकडाउनको समयमा पटक पटक आउन पनि सम्भव थिएन । नागरिकहरुले केन्द्रीय राज्य मन्त्री तथा सांसद विके सिंहको कार्यालय नम्बरमा फोन गर्दै सूचना दिए ।

विषयको गम्भीरतालाई लिएर सांसद कार्यालयले वन विभागलाई सूचना दियो ।

जिल्लाका वन अधिकारीले तत्काल आदेश दिँदै एक टिमलाई उक्त स्थानमा पठायो । उनीहरुले एकदमै मेहनतका साथ एटीएमबाट सर्पलाई समाते ।

एउटा सर्पले दिनभरी जसो कोलोनीका मानिसलाई समस्याग्रस्त बनायो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay