scheduleशनिवार मंसिर २० गते, २०७७

भुल्केमा अर्की महिलामा कोरोना संक्रमण भेटियो

काठमाडौं, २८ वैशाख । उदयपुरमा अर्की एक महिलामा कोरोना पोजेटिभ भेटिएको छ । योसँगै नेपालमा कोभिड-१९ पुष्टि भएकाहरुको जम्मा संख्या ११० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार उदयपुर, भुल्के निवासी ४३ वर्षीया महिलामा कोभिड-१९ को संक्रमण भेटिएको हो ।

सहप्रवक्ता अधिकारीका अनुसार संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा छिन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay