scheduleमगलवार जेष्ठ १३ गते, २०७७

बोर्डिङका प्रिन्सिपलको खुँडा प्रहार गरी हत्या


धादिङ, २८ वैशाख । उत्तरी धादिङमा पर्ने गंगाजमुना गाउँपालिकास्थित फुलखर्कको दाङसिङ देउरालीमा स्थानीय बोर्डिङका प्रिन्सिपल रहेका एक युवकको खुँडा प्रहरी गरी हत्या भएको छ ।

धान कुट्न मिलमा गइरहेका यमबहादुर गुरुङलाई गाउँकै भीमसेन बुढाथोकीले खुडा प्रहार गरेर दुवै हात र खुट्टा छियाछिया बनाएको भेटिएको छ । मरणासन्न बनाएर आक्रमण गरेपछि बुढाथोकी घटनास्थलबाट भागेका थिए ।

गम्भीर घाइते भएका गुरुङलाई हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लैजाने प्रयास असफल भएपछि मृत्यू भएको हो । शनिबार साँझ एम्बुलेन्समार्फत जिल्ला अस्पताल धादिङवेशी ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dish_Home

खुँडा प्रहारबाट गुरुङको दाहिने हात नाडीभन्दा तल पुरै छिनेको पाइएको छ । उपचारका लागि अस्पताल ल्याउँदा छिमेकीहरुले टुक्रेको हात प्लाष्टिकको झोलामा राखेर ल्याएका थिए ।

खुडा प्रहार गर्ने बुढाथोकीलाई स्थानीयको सहयोगमा राती नै पक्राउ गरी प्रहरीलाइ बुझाइएको छ । विगतमा पनि विभिन्न अपराधिक क्रियाकलापमा सक्रिय उनी भगौडा सेना भएको स्थानीयले जानकारी दिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय