scheduleशनिवार जेष्ठ १७ गते, २०७७

सलमानकी प्रेमिकाको प्रतिप्रश्न- मलाई खुसी देख्न चाहनुहुन्छ कि विवाहित ?

एजेन्सी, २८ वैशाख । बलिउडका सुपरस्टार सलमान खान विवाह र प्रेमको बारेमा सधैं चर्चामा रहन्छन् । बुढ्यौली लाग्न लाग्दा पनि उनले विवाह गरेका छैनन् तर उनको जीवनमा कयौं युवतीहरुको नाम जोडिएर आउँछ ।

पछिल्लो समय उनीसँग नाम जोडिएकी लुलिया भन्तुरको पछिल्लो जवाफ सुन्दा सलमानले छिट्टै विवाह गर्ने छाँटकाँट देखिन्न ।

Dish_Home

लुलियालाई सलमानको विवाहको विषयमा प्रश्न सोधिएपछि उनले दिएको जवाफले यस्तै संकेत गर्छ । उनले सलमानको विवाहलाई लिएर कुटनीतिक जवाफ फर्काएकी छिन् । ‘सलमानसँग कहिले विवाह गर्नुहुन्छ ?’, एउटा इन्टरटेनमेन्ट वेबसाइटले सोधेको प्रश्नमा उनको जवाफ थियो, ‘हे भगवान… मलाई लाग्छ सबैभन्दा महत्वपूर्ण कुरा हामी दुई एक अर्काको बारेमा के सोच्छौं भन्ने हो । एकसाथ समय बिताउनु पनि महत्वपूर्ण कुरा हो ।’

उनले अगाडि थपिन्, ‘कुनै व्यक्तिसँग जीवनभर साथ रहनु महत्वपूर्ण कुरा हो । कागजमा विवाहको धब्बा लगाउनु ठूलो कुरा होइन ।’

विवाहबारे रोमानियन मोडलले दार्शनिक उत्तर दिएकी छिन् । ‘मलाई यो प्रश्न बारम्बार सोध्ने गरिन्छ । यहाँसम्म कि मेरो आमाबुबालाई पनि यो प्रश्न सोध्ने गर्थे, ‘तिमी कहिले विवाह गर्छौ ?’ त्यसपछि मैले आमालाई मलाई खुशी देख्न चाहानुहुन्छ कि विवाहित भन्ने प्रश्न गरेँ । त्यसपछि आमाले मलाई कहिल्यै प्रश्न गर्नुभएन । मलाई राम्रो समय बिताउनु र राम्रो सम्बन्ध राख्नु नै धेरै महत्वपूर्ण लाग्छ,’ उनले भनेकी छिन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय