scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कपिलवस्तुमा १० जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं, २९ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७, १० निवासी ९ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १२० पुगेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि हुनेमा १८, १९, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीया ९ पुरुषहरु र एक उमेर नखुलेकी महिला रहेका छन् ।

अधिकारीका अनुसार कोरोना संक्रमण भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय