scheduleशुक्रवार आश्विन ९ गते, २०७७

लकडाउनमा के गर्दैछन् अभिनेता जोन अब्राहम ?

काठमाडौँ, २९ वैशाख । बलिउडका चर्चित अभिनेता जोन अब्राहम लकडाउनमा फिल्मको कन्टेटलाई लिएर काम गरिरहेको बताएका छन् । लकडाउन लम्बिएसँगै घरभित्रै रहन कठिन भएको केही कलाकारहरुले प्रतिक्रिया दिएका थिए ।

तर, जोनले भने आफुलाई कठिन नभएको र आफ्नो फिल्मका लागि समय पाएको बताएका छन् । उनको फिल्म एट्याकको पचास प्रतिशत काम सकिइसकेको छ ।

उनले यो फिल्मका लागि बाँकी कामबारे अध्ययन गरिरहेका समेत बताएका छन् ।

उनले भनेका छन्, ‘घरमा पनि म पुर्ण रुपमा व्यस्त रहेको छु । शारीरिक रुपमा फिट राख्न प्रयास गरिरहेको छु । फिल्मका कन्टेटहरुमा पनि उत्तिकै समय दिइरहेको छु । अरुहरुले भनेजस्तो मलाई लकडाउनका दिन काट्न कठिन चाँहि भएको छैन ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय