scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

सर्लाहीमा लागूऔषधसहित एक युवक सशस्त्र प्रहरीको फन्दामा

एसपी यादव/सर्लाही, २९ वैशाख । मलङ्ग्वा नगरपालिका वडा नं.९ स्थित नेपाल भारत सीमानाकामा आइतबार राती १० बजे लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं. ३ मा बस्ने अन्दाजी वर्ष २५ को अर्जुन यादव रहेको सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश मलंगवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्जित सिंहले जानकारी गराएका छन् ।

Dish_Home

सदरमुकाम मलङ्ग्वासंग सिमानाका जोडिएको भारतीय बजार सोनबरसाबाट प्रतिबन्धित लागु औषध वालरेक्स झोल २५ बोतल र नाईट्रोभेट टयाबलेट ७५ पिस लिएर मलङ्ग्वातर्फ प्रवेश गर्दैगर्दा सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश मलंगवाबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश मलंगवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्जित सिंहका अनुसार शंका लागेर चेकजाँच गर्ने क्रममा लागू औषधसहित पक्राउ परेको बताए ।

पक्राउ परेका यादवलाई गए राति नै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सिंहले बताए ।

कोरोना भाईरसको महामारीका कारण सरकारले नेपाल भारत सिमानाकामा कडाई गरेसंगै व्यवसायीक रुपले लागुऔषध ओसापसार गर्ने कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय