scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा लागूऔषध नष्ट

एसपी यादव/सर्लाही, २९ वैशाख । फोरवार्ड सीमा सुरक्षा वेश भेडैयाले सोमबार एक पत्रकार सम्मेलन गरी गत २४ गते जपथ गरिएको लागुऔषध नष्ट गरेको छ ।

खुल्ला सिमानाको अवसर छोपी लकडाउनको समयमा पनि भारतबाट लुकाइ छिपाइ मलङ्ग्वा भित्र्याउदै गर्दा गत २४ गते प्रतिबन्धित लागूऔषध वालरेक्स नामक झोल ९८ बोतल नियन्त्रणमा लिइएको फोरवार्ड सीमा सुरक्षा वेश भेडैयाका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण अधिकारीले जानकारी गराएका छन् ।

Dish_Home

फोरवार्ड सिमा सुरक्षा वेश भेडैयाले नियन्त्रणमा लिइएको उक्त प्रतिबन्धित लागु औषध वालरेक्स नामक झोल ९८ बोतल सोमबार मलङ्ग्वा नगरपालिका वडा नं.१ भेडैयाका वडा अध्यक्ष राजकिशोर यादव र स्थानीय सञ्चारकर्मीहरुको उपस्थितिमा नष्ट गरेको हो ।

कोरोना भाईरसको महामारीका कारण सरकारले नेपाल भारत सिमानाकामा कडाई गरेसंगै व्यवसायीक रुपले लागूऔषध ओसापसार गर्ने कारोबारीहरु धमाधम पक्राउ पर्न थालेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय