scheduleबुधवार आश्विन १४ गते, २०७७

माधवलाई शंकरको साथ, भन्छन्- सिमानामा तारबार गर्नु आवश्यक छ

काठमाडौं, २९ वैशाख । नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतसँगको सिमानामा तारबार लगाउनुपर्ने नेकपाको वरिष्ठ नेता माधवकुमार नेपालको प्रस्तावलाई समर्थन जनाएका छन् ।

पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता नेपालले सोमबार सिमानामा काँडेतार वा पर्खाल लगाउन प्रस्ताव गरेपछि पोखरेलको यस्तो प्रतिक्रिया आएको हो । नेपालले भारतसँग सधैं झगडा गरिरहनुभन्दा स्थायी समाधानका लागि सिमानामा तारबार वा पर्खाल लगाउनु उचित हुने बताएका थिए ।

‘पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले सिमानामा काँडेतार लगाउन प्रस्ताव गर्नुभएको सुन्दा खुसी लाग्यो,’ सोमबार साँझ मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, ‘कोभिड-१९ को महामारीका विरुद्धको लकडाउन र सीमानाका बन्द गर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सीमाको जटिलता महसुस गराएको छ ।’

मुख्यमन्त्री पोखरेले पछिल्लो समय नेपालमा कोभिड-१९ का संक्रमितहरु बढ्नुको मुख्य कारण असुरक्षित तरिकाले सीमापारीबाट लुकिछिपी आउनु पनि रहेको उल्लेख गरेका छन् ।
‘भन्सारविन्दूका नाकाबाहेक अरु ठाउँबाट आउजाउ रोकिने अवस्था रहेको भए कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न सहज हुने थियो,’ उनले भनेका छन्, ‘तसर्थ, सीमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थप गरेर भएपनि नेपाल भारतबीचकाे सिमानामा तारबार गर्नु आवश्यक छ ।’

नेपाल-भारतबीचको सीमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाइनु पर्नेमा उनको जोड छ । उनले नेता नेपाललाई धन्यवाद दिँदै भनेका छन्, ‘सामयिक र दूरगामी महत्वको प्रस्तावका लागि वरिष्ठ नेता माधव नेपाललाई हृदयदेखि नै धन्यवाद ।’

नेकपाभित्र नेपाल र पोखरेल फरक समूहमा छन् । पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन पोखरेल काठमाडौं आएर सक्रिय बनेका थिए ।

यस्तो छ माधव नेपालको प्रस्ताव-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय