scheduleबुधवार जेष्ठ १४ गते, २०७७

सेनाको सुदूरपश्चिम पृतना मुख्यालय कैलाली सर्‍यो

डोटी, २९ वैशाख । नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ । विसं २०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो । स्थापना भएको १७ वर्षमा उक्त सुदूरपश्चिम पृतना आज दिपायलबाट कैलालीको तेघरीमा सरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ ।
देशमा संघीय गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली स्थापना गरिएपछि उक्त सेनाको पृतना कैलाली सारिएको हो । पृतना कैलाली सरेपछि कैलालीमा रहेको श्री नं ५ बाहिनी अड्डा र बाहिनी मातहतका सम्पूर्ण युनिट दिपायल राजपुर आउने तयारी भएको सेनाले जनाएको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय