scheduleमगलवार जेष्ठ १३ गते, २०७७

वाग्मती प्रदेश सरकारद्वारा अध्यादेश जारी

काठमाडाै‌ं, २९ वैशाख । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा २०२ को उपधारा १ को अधिकार प्रयोग गरी वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरी पठाएको प्रदेशमा वातावरण संरक्षणको व्यवस्था गर्न बनेको अध्यादेश २०७७ लाई जारी गरेका छन् ।

वाग्मती प्रदेशसभाको बैठक हाल सञ्चालनमा नरहेकाले वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत वैशाख २२ गते बसेको बैठकले अध्यादेश ल्याउन सिफारिस गरेअनुसार आजै प्रदेश प्रमुख प्रसाईंले अध्यादेश जारी गरेका प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले बताए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय