scheduleशनिवार मंसिर २० गते, २०७७

सन्नी लियोनीको जीवनका नखुलिएका पाटाहरु …


एजेन्सी, ३० वैशाख । बलिउडका फिल्म तथा गीतहरुमा आफ्नो बोल्डनेसका कारण सधैं चर्चामा रहने पोर्नस्टार सन्नी लियोनी सोमबार ३८ वर्ष पुगिन् । उनको वास्तविक नाम करनजीत कौर हो । सन्नी लियोनीको निजी जीवन कुनै फिल्मभन्दा कम छैन ।

आज हामी उनको जीवनका केही गोप्य पानाहरु पल्टाउँदै छौं-
बलिउडमा प्रवेश गर्न अघि सन्नी लियोनी एक एडल्ट स्टार थिइन् । २०१८ देखि २०१९ को बीचमा उनको जीवनमा आधारित ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ वेब सिरिज आएको थियो । उक्त वेब सिरिजमा उनका जीवनबारे धेरै खुलासाहरु भए ।

उक्त सिरिज अनुसार उनले करिब ५० वटा एडल्ट फिल्महरुमा अभिनय गरिन् । उनले करिब १९ वर्षको उमेरमा एडल्ट फिल्म इन्डस्ट्रीमा कदम राखेकी थिइन् । त्यसपछि हेर्दा हेर्दै उनी यो इन्डस्ट्रीमा एउटा नाम बनेर उदाइन् ।

एडल्ट फिल्ममा काम गर्ने अलावा उनी आफ्नो खर्चका लागि जर्मनको बेकरीमा वेट्रेसको काम गर्थिन् । उनको सपना एउटा नर्स बन्ने थियो ताकी उनले गरिबहरुको उपचार गर्न सकून् । उनले एउटा अन्तरवार्तामा खुलासा गरेकी थिइन्- उनी एडल्ट फिल्ममा काम गर्ने भएको कारण मानिसहरुले उनीहरुसँग नकरात्मक व्यवहार गर्दथे ।

उनले भनिन्, ‘२१ वर्षको उमेरमा मेरो जीवनमा केही नकरात्मक परिवर्तनहरु आए । एडल्ट क्षेत्रमा काम गर्ने भएको हुँदा मानिसहरुले मलाई नकरात्मक दृष्टिले हेर्न थाले । यी कुराहरुले मेरो जीवनमा नकरात्मक असर पार्‍यो ।’

उनले अगाडि भनिन्, ‘म भित्रभित्रै टुटेको थियो । मेरो परिवारले मलाई र मेरो भाइलाई सबै किसिमको नराम्रो व्यवहारबाट बचाउने प्रयास गरे । तर एडल्ट क्षेत्रबाट निस्कन मेरो परिवारहरुले मलाई कहिल्यै पनि दबाब दिएनन् ।’

उनको परिवारले उनलाई जुन दिशामा लिएर जान चाहन्थे उनी त्यो दिशाभन्दा विपरित गइन् तर उनलाई जीवनसँग कुनै गुनासो छैन । उनी आफ्नो जीवनलाई धेरै प्रेम गर्छिन् ।

बलिउडमा उनको प्रवेशको कुरा गर्दा उनलाई सानो पर्दाको चर्चित कार्यक्रम बिगबोसमा देखिएको थियो । त्यहाँ आएर उनले आफू एडल्ट फिल्मको अभिनेत्री रहेको खुलासा गरेकी थिइन् । त्यसपछि उनी पूजा भट्टको फिल्म ‘जिस्म टु’ मा देखा परिन् । यो उनको पहिलो फिल्म थियो ।

त्यसपछि सन्नी लियोनी ‘रागिनी एमएमएस टु’ फिल्ममा देखा परिन् । त्यसपछि पुन उनी ‘एक पहेली लिला’ फिल्ममा देखा परिन् । सन्नी लियोनीको गीत लैला मै लैला निकै चर्चित भयो । दर्शकहरुले उनको नृत्य खूब मन पराए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay