scheduleशनिवार जेष्ठ १७ गते, २०७७

गुगल डुओमा नयाँ अपडेट अब चाढै ३२ जनाले भिडियो कन्फरेन्स गर्न सक्ने


एजेन्सी, ३० वैशाख । गुगलले आफ्नो भिडियो कलिङ एफ गुगल डुओ केही दिनअघि अपडेट गरेको थियो । त्यसपश्चात यो एपबाट भिडियो कन्फरेन्समा १२ जनासम्मले सहभागी हुनसक्ने बनायो । अब यो संख्या बढेर ३२ पुर्‍याउने गुगल डुओको लक्ष्य छ ।

डुओले अब यो एपमा चाँढै अद्यावधिक गर्दै सहभागीको संख्या ३२ पुर्‍याउने बताएको हो । नयाँ अपडेटमा अजुमेन्ट रियालिटी एआर पनि हुनेछ जसले प्रयोगकर्ताहरुको अनुहारको हाउभाउअनुसार काम गर्नेछ । त्यसो त यो एपमा पहिलेदेखि नै एआर छ तर यसले प्रयोगकर्ताहरुको अनुहारको हाउभाउ अनुसार काम गर्दैन ।

लकडाउन लागू भएसँगै भिडियो कलिङ प्लेटफर्महरुको प्रयोग बढ्न थालेको छ । यससँगै यस्ता प्लेटफर्महरु व्यापकरुपमा अपडेट भइरहेका छन् ।

Dish_Home

गुगल डुओले २०१९ को अप्रिलदेखि चार सहभागीको भिडियो कन्फरेन्सबाट यो सेवा सुरु गरेको थियो । अब यस वर्षपछि उसले यो संख्या ३२ पुर्‍याउने बताएको छ ।

गुगलले हालै अर्को ठूलो अपडेट गर्ने पनि घोषणा गरेको थियो । यस अपडेटपछि प्रयोगकर्ताहरुले बिना मोबाइल नम्बर गुगल डुओ प्रयोग गर्न सक्ने छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय