scheduleसोमवार श्रावण १९ गते, २०७७

आफ्ना पोर्नस्टार छोराछोरीका बारेमा के सोच्छन् अभिभावक ?


एजेन्सी, ३० वैशाख । एउटा पोर्न स्टारको लागि सबैभन्दा गाह्रो घडी कुन हुन्छ तपाई अनुमान गर्न सक्नुहुन्छ ?

धेरैले क्यामेराको अगाडी यौनक्रिडा गर्छ भन्ने गर्छन् । तर पोर्न स्टारहरुलाई यो प्रश्न सोध्दा उनीहरुको जवाफ छः अभिभावकलाई आफ्नो कर्मको बारेमा सुनाउनु ।

जब तपाईको अभिभावकले कुनै पनि पोर्न मुभि वा भिडियोको सिनको बीचमा जब अचानक तपाईलाई देख्छ भने त्यो बेला बुवा आमासँग डिल गर्नुपर्दाको पीडा पोर्नस्टारहरु सुनाउँछन् ।

वूड रकेट डट कम लस एन्जलस आधारित एउटा पोर्न कम्पनीले केही वर्षअघि २६ जना पोर्न स्टारलाई यहीँ अप्ठ्यारो प्रश्न गरेका थिए- तपाई परिवारलाई थाहा छ तपाई यो क्षेत्रमा हुनुहुन्छ भनेर ? तपाईको परिवार यसबारे कस्तो सोच्छन् ?

उत्तरमा विभिन्न किसिमका जवाफहरु आएका थिए । एडल्ट एक्ट्रेस लिय गोट्टीको अनुसार जब उनले पोर्नका काम गर्ने बारेमा उनको परिवारले थाहा पायो तब उनको बुवाले उनलाई परिवारबाट निकालिदिएका थिए ।

एडल्ट स्टार भ्यासिन स्टिलको अनुसार उनको आमाले पहिलोपटक जब उनलाई पोर्न भिडियोमा देखिन् तब उनकी आमाले उनको भिडियो हेर्दै हाँसेर हाम्रो अबको पिंढी एकदमै छाडा भएको प्रतिक्रिया दिएको सम्झन्छिन् ।

पोर्न एक्टर मिक ब्ल्युको परिवारले उनको आफन्तसँग भीएचएस भिडियो हेर्दै गर्दा अचानक उनलाई त्यस्तो आपत्तिजनक सिनमा भेट्टाएका थिए ।

यस्तै पोर्न एक्ट्रेस रिले रेड आफू हजुरआमासँग नजिक भएको कारण उनले सबैभन्दा पहिले हजुरआमालाई एनल सेक्सको बारेमा कुरा गर्दै सजिलैसँग आफ्नो पेशाको बारेमा सुनाएको सम्झिन्छन् ।

कतिपय पोर्नस्टारका परिवार र साथीभाइहरु उनीहरुको पेशाप्रति सकरात्मक रहेको बताउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय