scheduleबुधवार आश्विन ७ गते, २०७७

सांसद गिरीद्वारा सीमामा पर्खाल बनाउन आफ्नो तलब दिने घोषणा

काठमाडौं, ३० वैशाख । नेकपाका युवा नेता तथा सांसद पदम गिरीले भारतसँगको सीमामा पर्खाल लगाउन आफूले सांसद भएबापत पाउने सबै तलब लगानी गर्ने घोषणा गरेका छन् ।

मंगलबार संसदको बैठकमा बोल्दै उनले सरकारले सीमा लगाउने पहल गर्न र यसलाई सघाउन हरेक देशभक्त आफ्नो छाक काटेर सहयोग गरन पनि तयार रहेको बताएका हुन् ।

‘भारततर्फ १६९० किलोमिटर जुन सीमाक्षेत्र छ, त्यसमा अब देशभक्त नेपाली जनताले आफ्नो छाक कटाएर भने पनि दिन तयार छन्, त्यसमा अब पर्खाल लगाउनका निम्ति सरकार अगाडि बढोस्,’ उनले भने, ‘म पनि एउटा सांसद भएको हैसियतले मैले पाउने तलब सेवा सुविधा सम्पूर्ण त्यही कार्यका लागि दिन तयार छु ।’

के भने गिरीले ?

भारतले कालापानी लिपुलेक मानसरोवरको जुन करिडोर निर्माण गरेको छ, त्यसले देशभक्त नेपालीहरु अत्यन्तै मर्माहक भएको अवस्था छ । खासगरी १९५० देखि भारतले नेपालमा सीमा स्तम्भहरु सार्ने, भारततर्फ अग्ला बाँधहरु निर्माण गरेर नेपाललाई डुबानमा पार्ने, नक्कली तिलौराकोट निर्माण गरेर विश्व समुदायलाई भ्रममा पार्ने काम गरेको छ । यसको म घोर निन्दा गर्न चाहन्छु । भर्त्सना पनि व्यक्त गर्न चाहन्छु ।

पछिल्लो घटनाक्रमलाई लिएर नेपाल सरकारले कुटनीतिक नोट जारी गरेको छ, प्रेस नोट पनि जारी गरेको छ र अन्य विकल्पहरु पनि सरकारले खोजेको सन्दर्भमा म सरकालाई हार्दिक धन्यवाद दिन चाहन्छु । अझै प्रभावकारी कुटनीति पहलबाट यो समस्या समाधान गर्न सरकार अगाडि बढोस् । यदि भारतपक्ष मान्न तयार छै भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न पनि म माग गर्न चाहन्छु ।

भारततर्फ १६९० किलोमिटर जुन सीमाक्षेत्र छ, त्यसमा अब देशभक्त नेपाली जनताले आफ्नो छाक कटाएर भने पनि दिन तयार छन्, त्यसमा अब पर्खाल लगाउनका निम्ति सरकार अगाडि बढोस् । म पनि एउटा सांसद भएको हैसियतले मैले पाउने तलब सेवा सुविधा सम्पूर्ण त्यही कार्यका लागि दिन तयार छु । यो कुरा अनुरोध गर्न चाहन्छु ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय