scheduleबुधवार जेष्ठ १४ गते, २०७७

पुनः १७ जनामा कोरोना संक्रमण भेटियो, एकैदिन ७४ जना संक्रमित

काठमाडौं, ३० वैशाख । नेपालमा थप १७ जनामा कोरोना संक्रमण भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको नमूना परीक्षणबाट १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

मंगलबार बिहानै ५७ जनामा संक्रमण पुष्टि भएसँगै १९१ जना पुगेको थियो । पछिल्लो नतिजासँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।

मंगलबारसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३–३ तथा बागलुङ, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

Dish_Home

पछिल्लाे पटक थपिएका १७ जनाबारे भने विस्तृत विवरण आउन बाँकी छ ।

अपडेटः १९:४०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १७ जनामा कोरोना संक्रमण भेटिएको सूचना पुष्टि हुन बाँकी रहेको जानकारी दिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय