scheduleसोमवार जेष्ठ १२ गते, २०७७

डिस्चार्ज भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा


बुटवल, ३० वैशाख । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा निको भएर घर फर्किएका छन् । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २५ वर्षीय युवाको अन्तिम परीक्षणमा कोरोना नेगेटिभ भएपछि डिस्चार्ज भएका हुन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ का युवामा १३ दिनअघि काठमाडौंको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

अस्पतालले पुनर्परीक्षणका लागि उनको स्वाब प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । अस्पतालका मेस राजेन्द्र खनालका अनुसार प्रयोगशालाले नेगेटिभ नतिजा देखाएपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको हो ।

Dish_Home

घर फर्किए पनि उनी एक साताको लागि घरमै क्वारेन्टाइनमा बस्नुपर्नेछ । एक सातापछि उनको स्वाब परीक्षण गरिने र नतिजा नकरात्मक आएपछि उनी सर्वसाधारणको सम्पर्कमा जान पाउनेछन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय