scheduleशनिवार जेष्ठ १७ गते, २०७७

सीमाबाट सुटुक्क नेपालीलाई फिर्ता पठाउँदै भारतीय सुरक्षाकर्मी


मोरङ, ३० वैशाख । भारतीय सीमा सुरक्षा बलले चोर बाटोबाट नेपालीलाई स्वदेश फर्काइरहेको भेटिएको छ । भारतको नयाँ दिल्ली र छप्राबाट पैदलै आएका १५ नेपाली मंगलबार नेपाल छिरेका छन् । उनीहरु ११ दिन पैदल यात्रा गर्दै सोमबार राती १२ बजे सीमावर्ती भारतीय बजार जोगबनी आइपुगेका थिए ।

ती नेपालीहरु न सीमाबाट वैधानिकरुपमा नेपाल फर्कन पाए, न उनीहरुलाई भारतीय सुरक्षाकर्मीले बस्न दिए । उल्टो उनीहरुलाई भारतीय सुरक्षाकर्मीले चोरबाटोबाट नेपाल छिराएको खुलेको हो ।

उनीहरुलाई राती २ बजे इलाका प्रहरी कार्यालय रानीले सम्बन्धित स्थानीय तहमा बुझाएका थिए । भारतबाट नेपाल फर्किएका १५ नेपालीमा झापाका ४, सुनसरीका ९ र मोरङका २ जना छन् ।

Dish_Home

सीमा क्षेत्रमा चोर बाटोबाट र अन्य उपायद्वारा अवैधरुपमा नेपाल छिराउन दलालहरु समेत सक्रिय रहेको प्रहरीले जनाएको छ । यीमध्ये केहीलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका छन् । यस्ता दलालहरुले सीमामा अलपत्र परेका नेपालीसँग रकम असुली सीमा कटाइदिने गरेको प्रहरीले जानकारी दिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय