scheduleसोमवार श्रावण १९ गते, २०७७

साउदी अरबमा रहेका ६७४ नेपालीलाई कोरोना संक्रमण

काठमाडौं, ३० वैशाख । साउदी अरबमा रहेका ६७४ जना नेपालीमा कोरोना भाइरसकाे  संक्रमण पुष्टि भएकाे छ ।

साउदी अरबकाे पूर्वी क्षेत्रमा ३३६ जना, पश्चिमक्षेत्रमा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीमा संक्रमण पुष्टि भएकाे  साउदीस्थित् नेपाली दूतावासले जनाएकाे छ ।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित नेपालीमध्ये ११ जना महिला रहेका छन् । अहिलेसम्म साउदी अरबमा एक नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय