scheduleशनिवार आश्विन १० गते, २०७७

ब्रायन एडम्सले मागे माफी


एजेन्सी, ३१ वैशाख । रकस्टार ब्रायन एडम्सले कोरोना भाइरसबारे सामाजिक सञ्जालमा आक्रमक अभिव्यक्ति पोस्ट गरेपछि माफी मागेका छन् ।

सोमबार उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘धन्यवाद छ ती चमेरो खानेहरुलाई, मासुमंस बेच्ने ती सबैलाई जसका कारण आज विश्व नै स्थिर अवस्थामा छ ।’

रकस्टार ब्रायन एडम्सको यस्तो अभिव्यक्तिलाई धेरैले एशिया वा चीन विपरित भएको व्याख्या गरेका छन् । तर पशु अधिकारकर्मीहरुले उनको यस्तो अभिव्यक्तिको सराहना गरेका छन् ।

सोमबारको त्यस्तो सार्वजनिक पोस्टका लागि क्षमा माग्दै ब्राइन एडम्सले मंगलबार लेखेका छन्, ‘मेरो पोस्टका कारण नराम्रो मान्नेहरु सबैमा म क्षमा याचना गर्न चाहन्छु ।’

उनले आफले व्यवसायिक प्रयोजनका लागि पशुप्राणीमाथि निर्दयता अपनाउने र भाइरस फैलाउनेहरुमाथि कटाक्ष गरेको बताए । साथै उनले शाहकारी संस्कारलाई पनि आफूले प्रवर्द्धन चाहेको बताए ।

साथै उनले कोरोनाको महामारीसँग जुझिरहेका विश्वका सबै मानिसहरु लागि प्रेम र सद्भावना उक्त पोस्टमा व्यक्त गरेका छन् । लकडाउन लागू हुनुअघि यसै हप्ता लण्डनमा उनले कन्सर्ट दिने कार्यक्रम थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय