scheduleआइतवार जेष्ठ १८ गते, २०७७

बाँच्नलाई मात्र संघर्ष गरिरहेकी एक नाइजेरियाली यौनकर्मीको कथा


एजेन्सी, ३१ वैशाख । एकजना नाईजेरियाली सेक्स वर्करले कोरोना भाइरसको कारण लागू भएको लकडाउनले कसरी आफ्नो जीवनमा जटिल अवस्था पैदा गरेको भनेर सुनाएकी छिन् ।

उनी उत्तरी नाइजेरियाको मुस्लिम बाहुल राज्य कानोमा बस्छिन् । त्यहाँ चार हप्तादेखि लकडाउन जारी छ । कसैलाई पनि घरबाट बाहिर निस्कने अनुमति छैन ।

सोमबारदेखि बिहीबारसम्म दशदेखि चार बजेसम्म मात्र अत्यावश्यक खाद्यान्नका लागि मानिसहरुलाई घरबाट निस्कने अनुमति दिइएको छ ।

Dish_Home

आयशा (परिवर्तित नाम)  यौनकर्मी महिला हुन् । लकडाउनको कारण जीवित रहन पनि आफूले संघर्ष गरिरहनु परेको बताउँछिन् ।

उनी भन्छिन्, ‘मैले आफ्नो काम सुरु गर्ने कोशिस गरे तर लकडाउन र रमजानको महिना चलेको कारण यो सम्भव छैन ।’

उनी अगाडी भन्छिन्, ‘यहाँ धेरैजसो मानिसहरु मुसलमान छन् । यसकारण रमजानको महिनामा यो सम्भव छैन । दिउँसो सबैजना परिवारसँग बस्छन् र साँझ रोजा ताड्न र इफ्तारका लागि सबै जान्छन् । मेरा धेरै जसो ग्राहकहरु विवाहित पुरुषहरु छन् । यसकारण उनीहरु यो समय मकहाँ आउन सक्दैनन् ।’

इस्लामी शरिया कानुन सन् २००० देखि त्यहाँ लागू छ । उत्तरी नाइजिरियाको अन्य भूभागमा पनि यो कानुन लागू छ । त्यसकारण त्यहाँ वेश्यावृत्ति, जुवा र रक्सी पिउने जस्ता गतिविधिमाथि प्रतिबन्ध लागेको छ ।

आयशा भन्छिन्, ‘नाइजेरियामा प्रहरी एकदमै सक्रिय छन् । सेक्समा यहाँ प्रतिबन्ध लागू गरिएको छ । विशेषगरी उत्तरी नाइजेरियामा । यदि तपाई यौन व्यापार गर्दा गर्दै पकडिनु भयो भने तपाईलाई जेल सजाय हुन्छ । हामी शरिया कानुनभित्र बाँचेका छौं ।’

आयशाको अनुसार लकडाउनको समयमा उनीहरुलाई कुनै पनि किसिमको आर्थिक मद्दत दिइएको छैन ।

उनी भन्छिन्, ‘नाइजेरियामा यौनकर्मीहरुलाई कुनै किसिमको सहयोग दिइदैँन । हामीलाई नाइजेरियाली सेक्स वकर्स एसोसिएसन एनएसडब्ल्युको मात्र सहारा छ । हामी जति कमाउँछौं त्यसको थोरै भाग यो संस्थामा बचत गर्छौं ताकी अप्ठ्यारो समयमा हामीले एकअर्कोलाई सहयोग गर्न सकौं । तर अब एसोसिएसनसँग पनि पैसा छैन । उनीहरुसँग जति पैसा थियो लकडाउनको समय अगाडि नै बाढिसकेका छन् ।’

उनले सरकारबाट सहयोगको आशा रहेको तर अब त्यो पनि नमिलेको हुँदा अन्य विकल्पको खोजी गर्नुपर्ने स्थिति आएको उनले बताइन् । सरकारले यौनकर्मीहरु के गर्दै छन् भनेर खोजीनिधि पनि नगरेको उनको गुनासो छ ।

उनले केही दयालु ग्राहकको सहयोगले आफ्नो दैनिकी चलिरहेको बताइन् । आफू विकल्पहिन भएको उनले दुख व्यक्त गरिन् ।

परिवारमा आफ्नो बहिनी पनि भएको हुँदा सहयोग पनि काफी नभएको उनले बताइन् । ‘यसरी बाँच्नु सजिलो छैन थाहा छैन कहिलेसम्म यसरी चल्ने हो । हामीले कहिलेसम्म यस्तो हालतमा बाँच्नु पर्छ ।’

उनले अगाडी गुनासो गर्दै भनिन्, ‘म एकदमै दुःखी छु सरकारले हामीलाई कुनै किसिमको सहयोग गरेन । उसले हाम्रो मद्दत गर्न कोसिस नै गरेन ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय