scheduleशनिवार जेष्ठ १७ गते, २०७७

एकैपटक स्प्लिट स्क्रिनमा यसरी चलाउनुहोस् दुईओटा एप्स


एजेन्सी, ३१ वैशाख । आजको समयमा धेरै जसो मानिसहरु एन्ड्रोइड फोनहरु प्रयोग गर्छन् । यी फोनहरुमा धेरै लेटेस्ट फिचर पाइने कारण मानिसहरु एन्ड्रोइडका डिभाइसहरु प्रति आकर्षित हुन्छन् ।

तपाई पनि एन्ड्रोइड डिभाइस प्रयोग गर्नुहुन्छ ? के तपाईलाई थाहा छ एन्ड्रोइड डिभाइसको एउटा लेटेस्ट फिचर जुन तपाईका लागि एकदमै उपयोगी छ । यो फिचरको नाम स्प्लिट स्क्रिन हो । यो फिचरको माध्यमबाट तपाईले आफ्नो स्मार्टफोनको स्क्रिनलाई दुई भागमा बाँढ्नसक्नुहुन्छ । यसरी दुई भागमा बाढेर एकै समय तपाई दुईओटा एप्स चलाउन सक्नुहुन्छ । यो एप्स एकदमै उपयोगी छ ।

आज हामी तपाईलाई स्पिट स्क्रिन कसरी सेटअप गर्ने भन्ने विधि सिकाउने छौं । सबैभन्दा पहिले आफ्नो फोनको स्क्रिनमा रहेको सेटिङमा जानुहोस् र त्यहाँबाट रिसेन्ट एप्सको बटनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईले रिसेन्ट एप्सहरु देख्नु हुन्छ ।

Dish_Home

त्यसपछि तपाई जुन एपलाई स्प्लिट स्क्रिनमा प्रयोग गर्न चाहनुहुन्छ त्यो एप्सलाई थिचेर होल्ड गर्नुहोस् ।

त्यसपछि त्यहाँ मेनु बक्स ओपन हुन्छ जसमा ‘युज इन स्प्लिट स्क्रिन भ्यू’ विकल्प देखाइएको हुन्छ । त्यसमा तपाईले क्लिक गर्नुहोस् ।

अब दोस्रो स्क्रिनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईले ब्ल्याक लाइनलाई विण्डोको आकारमा ठूलो बनाउन सक्नुहुन्छ ।

तर याद राख्नुहोस् यो फिचर प्रयोग गर्न तपाईको फोनमा एन्ड्रोइडको ९. ० वा १० को भर्सन हुनुपर्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय