scheduleसोमवार श्रावण १९ गते, २०७७

नेपाल फर्किने भनेर विमानस्थल पुगेका कामदारबीच झडप, केही घाइते

काठमाडौं, ३१ वैशाख । संयुक्त अरब एमिरेट्स युएईमा घर फर्कन भन्दै विमानस्थल पुगेका कामदारबीच झडप भएको छ । नेपाल फर्किने भनेर विमानस्थल पुगे पनि लकडाउनका कारण अड्किएका नेपाली कामदार आक्रोशमा आउँदा झडप भएको हो ।

दुबईको जबिलआलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपाली तथा बङग्लादेशी कामदारबीच झडप हुँदा केही नेपाली घाइते भएका छन् । घाईते मध्येका एक रामबहादुर नाम गरेका पूर्ण पहिचान नखुलेका नेपालीलाई टाउको तथा शरीरमा चोट लागेको छ । अन्य केही नेपालीको शरीरमा नीलडाम बसेको छ ।

नेपाल फर्किन नपाएको आक्रोषमा त्यस कम्पनीमा कामदारले पहिलेदेखिनै समस्या श्रीजना गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले काम नहुँदा समस्यामा पर्ने भन्दै सो कम्पनीका केही कामदारको भिसा रद्द गरेर नेपाल पठाउन बिमानस्थल सम्म पठाएको थियो ।

तिनै कामदार नेपाल जान नपाउँदा थप आक्रोशित हुने, डिप्रेसनमा पर्ने, तथा मधिरासेवन गरेर मजदुर क्याम्पमा समस्या गर्दै आएको कम्पनीको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय