scheduleसोमवार जेष्ठ १२ गते, २०७७

विदेशमा सुटिङ हुनेभएमात्रै फिल्म साइन गर्थे अक्षय कुमार

काठमाडौँ, ३१ वैशाख । बलिउडका चर्चित अभिनेता अक्षय कुमार पछिल्लो समयका सबैभन्दा सफल अभिनेता हुन् । केही वर्षयता उनले अभिनय गरेका सम्पुर्ण फिल्महरु हिट रहेका छन् । बक्स अफिसमा उनका फिल्महरुले धमाकेदार कमाई गर्दै आइरहेका छन् ।

कुनै समय यस्तो पनि थियो जब उनको फिल्महरु लगातार फ्लप भएका थिए । तैपनि उनीप्रति निर्माता र निर्देशकले भने विश्वास राखिराखे ।

Dish_Home

उनले एक अन्तर्वार्तामा रोचक घटना बताएका थिए । जब फिल्मका लागि उनीलाई स्क्रिप्ट पढ्न दिइन्थ्यो तब उनी विदेशमा सुटिङ हुने भएमात्रै फिल्म खेल्न तयार हुन्थे । यदी देशभित्रै सुटिङ रहेछ भन् उनले ठाडै अस्वीकार गर्थे ।

विवाह पुर्व उनलाई विदेश घुम्न उनी हरपल तयार रहने गरेको उनले बताएका थिए । तर, पछिल्लो समय भने उनले आफुलाई धेरै परिस्कृत गरेको बताएका छन् ।

उनको फिल्म सुर्यवंशी रिलिजको दिन कुरेर बसिरहेको छ । कोरोना महामारीका कारण फिल्महरुको रिलिज डेटहरु रद्द भएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय