scheduleमगलवार जेष्ठ १३ गते, २०७७

चुरियामाई नाकामा कडाइ गर्न निर्देशन

काठमाडौँ, १ जेठ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने प्रमुख नाका हेटौँडाको चुरियामाइमा कडाइ गर्न निर्देशन दिएका छन् । चुरियामाई नाकाको बुधबार अनुगमन गर्दै उहाँले कोरोना सङ्क्रमणबाट बच्न बाह्य आवागमन रोक्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेका प्रदेश नं २ को बारा, पर्सा, रौतहटलगायत जिल्ला र भारतबाट समेत यस नाका हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने व्यक्तिलाई रोक्नुपर्ने उल्लेख गर्दै सङ्क्रमित क्षेत्रका व्यक्तिमार्फत कोरोना सङ्क्रमण फैलन सक्ने हुँदा आवतजावतमा कडाइ गर्न निर्देशन दिएका हुन् । पौडेलले कोरोनाको जोखिमबाट बच्नका लागि बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबैमा आग्रह पनि गरे ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय