scheduleमगलवार जेष्ठ १३ गते, २०७७

नवलपरासीमा भेटिए कोरोना संक्रमित बिरामी

काठमाडौं, १ जेठ । नवलपरासीमा एक ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणअनुसार संक्रमित पुरुष नवलपरासीस्थित देवचुली नपा-१२ का रहेका छन् ।

संक्रमित मानिसको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २४६ पुगेको छ । यीमध्ये ३५ जना निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय