scheduleसोमवार जेष्ठ १२ गते, २०७७

जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु


काठमाडौं, १ जेठ । इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार यो सेवा सुरु भएसँगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमार्फत् सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन् । आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए ।

‘हामी जापानबाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दैछौँ, अबदेखि कुनै पनि ठाँउमा रहनु भएका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नु हुनेछ,’ जापानबाट कारोबार सुरु भएसँगै प्रबन्ध निर्देशक कोइरालाले भने, ‘अब हामी नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था आएको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।’

Dish_Home

इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको कम्पनीको भनाई छ । इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय