scheduleशनिवार जेष्ठ १७ गते, २०७७

कर्णाली प्रदेशको जमीन बाँझो नराख्ने अभियान

सुर्खेत, १ जेठ । कर्णाली प्रदेशमा ‘रोग भन्दा भोकसँग लड्न निकै कठिनाई’ हुने भन्दै भोकसँग लड्नका निम्ति प्रदेशभरका खेतीयाोग्य जमीन बाँझो नराख्ने अभियानको बिहीबारबाट सुरुवात गरिएको छ ।

श्रम दिवसको अवसर पारेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अभियानको शुरुवात गरेका हुन् । अभियान शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सके आफैले गर्ने, नसके अरुलाई दिएर पनि खेतीयोग्य जमीनको सदुपयोग गरी जतिसक्दो बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने वातावरण बनाइने बताएका छन् । उनले कर्णाली प्रदेशमा कृषि उत्पादनमा ह्रास आएको भन्दै आर्थिक वृद्धि हासिल गर्न कृषि उत्पादनमा जोड दिनुपर्ने बताए ।

Dish_Home

बाँझो जमीनको सदुपयोग गर्ने, गडा सुधारमा युवाहरुलाई स्वरोजगार बनाई उत्पादनलाई वृद्धि गर्ने उद्देश्यका साथ उक्त अभियानको शुरुवात गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

बाझो जमीनलाई सदुपयोग गर्ने अभियान दैलेखबाट यसअघि नै २ सय रोपनीमा सामूहिक खेती गरी सुरु गरिएको भए पनि अभियानको औपचारिक उद्घाटन श्रम दिवसको अवसर पारेर बिहीबार गरिएको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय