scheduleशनिवार जेष्ठ १७ गते, २०७७

जहाँ शानदार महल खरिद गर्दै छन् राजकुमार ह्यारी र मेगन


एजेन्सी, २ जेठ । बेलायतका ड्युक अफ ससेक्स राजकुमार ह्यारी र डचेस अफ ससेक्स मेगन मर्केल शाही परिवारबाट छुट्टिएको करिब एक महिनाभन्दा धेरै भइसकेको छ ।

बेलायत शाही परिवारबाट अलग्गिने ह्यारी र मेगनको निर्णयलाई ब्रेक्जिटसँग तुलना गर्दै मेग्जिट भनिएको छ । उनीहरु छुट्टिनुको पछाडी मेगन शाही परिवारसँग खुशी नभएको बताइएको छ । अहिले ह्यारी र मेगन क्यालिफोर्नियामा एकदमै सामान्य जीवन बिताइरहेका छन् । तर अब यी दुवैले चाँढै नै ठूलो महल खरिद गर्ने खबर आएको छ । यी दुईले लस एन्जसलसथित प्यासिफिक पालिसैड्सको नजिक ६ ओटा बेडरुम भएको घर खरिद गर्ने बारेमा सोचिरहेका छन् ।

यो लक्जरी महलमा एउटा स्विमिङ पुल, सिनेमाहल, एक एकड क्षेत्रफलको बगैँचा, खेल मैदान र अगाडि समुद्रको दृश्य हुनेछ । यो महलको वर्तमान मालिक फास्ट एण्ड फ्यूरियस फिल्मका निर्माता स्वीट चेसमेन हुन् । टम ह्याक्स र बेन एफ्लेक यो घरको नजिकै छिमेकीको रुपमा बसेका छन् ।

Dish_Home

वास्तवमा मेगन आफ्नी ६३ वर्षिया आमालाई आफ्नो साथमा राख्न चाहन्छिन् किनभने उनको छोरा आर्ची अहिले १ वर्षको मात्र भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय