scheduleसोमवार जेष्ठ १२ गते, २०७७

बाटोमै बच्चा जन्मेपछि १६० किलोमिटरको पैदल यात्रा …


एजेन्सी, २ जेठ । कोरोना भाइरसका कारण मानिसको जीवन कति कष्टकर बनेको छ भन्ने उदाहरण हालै भारतको एउटा घटनाले देखाएको छ जुन अहिले अन्तराष्ट्रिय मिडियामा पनि छाएको छ ।

लकडाउनको बेला सवारी साधन चल्न नसकेपछि एकजना गर्भवती महिलाले बच्चा जन्माएलगत्तै नवजात शिशुसँग १६० किलोमिटरको पैदल यात्रा गर्नु परेको छ ।

नाम नखुलेकी ती महिला आफ्नो श्रीमान् र अन्य चारजना बच्चाहरुसँग महाराष्ट्र राज्यको नासिक शहरबाट छिमेकी राज्य मध्य प्रदेशको सट्ना शहर जाँदै थिए ।

Dish_Home

यात्राकै क्रममा ती महिलाले बाटोमा छोरीलाई जन्म दिइन् । बच्चालाई जन्म दिएको केही घण्टा आराम गरेर हिडेँकी ती सुत्केरी र उनका परिवारलाई मध्यप्रदेशको चेकपोइन्ट खटिएकी एक सैनिक अधिकारी कविता कनेशले रोकिन् ।

सोधखोज गर्दा थाहा भयो । उनीहरुसँग खान बस्नलाई पैसा थिएन । कुनै यातायातको साधन थिएन र कसैले उनीहरुलाई बाटोमा लिफ्ट समेत दिएनन् । ती सैनिक अधिकारीले सीएनएनलाई बताइन् ।

ती महिलाले बच्चालाई मे ५ मा जन्म दिएकी थिइन् र त्यसको चार दिन पछि हिँडेर उनीहरु चेकपोइन्ट आइपुगेका थिए ।

लकडाउनको कारण खान बस्नलाई कमाउने स्रोत नभए पछि ती परिवारले नासिक छोडेर हिँडेका थिए ।

मध्यप्रदेशको चेकपोइन्टमा आइसकेपछि सैनिक अधिकारीहरुले ती परिवारलाई क्वारेन्टाइनमा राख्नुका साथै महिलालाई स्वास्थ उपचारको सुविधा दिलाएका छन् ।

कोरोना भाइरसका कारण लकडाउन लागू भए यता लाखौंका संख्यामा मजदूरहरुले शहर छोडेर फर्किरहेका छन् । यातायात नहुँदा उनीहरु पैदल हिड्न बाध्य छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय