scheduleमगलवार श्रावण २७ गते, २०७७

आँखा र टाउको मात्र होइन छालालाई पनि बुढो बनाउँछ मोबाइलको लाइटले


एजेन्सी, २ जेठ । लगातार स्क्रिन लाइटमा बस्दा आँखा बिग्रने कुरा हामी सबैलाई थाहा छ । तर यसले छालालाई पनि असर पुर्‍याउने कुरा सबैलाई थाहा छैन ।

आँखा र टाउकोलाई मोबाइल कम्प्युटरको निलो प्रकाशले असर पुर्‍याएको जस्तै यसले छालालाई पनि असर गर्छ । मोबाइलबाट निस्कने निलो किरणले छालाको एजिङ फ्याक्टरलाई बढाउने काम गर्छ । यसले गर्दा उमेरभन्दा छिट्टै अनुहारमा बुढेसकाल देखिन थाल्छ ।

कम्प्युटरबाट निस्कने प्रकाशले छालामा पिग्मेन्टेसनको खतरा पैदा गराउँछ । यसले मेलानिन बढाउँछ । जसको कारण छालामा लालिमा र रंग गाढा भएर जान्छ । निलो प्रकाशले छालाको कोलेजन सकिन्छ यसले गर्दा छालामा कालो धब्बाहरु देखिन थाल्छ ।

तर यो लकडाउनमा समय कटाउने एउटै माध्यम इन्टरनेट भएको हुँदा यो समय स्क्रिन लाइटबाट बच्न सजिलो छैन । घरभित्रै बसे पनि यी डिभाइसहरु प्रयोग गर्दा सन्सक्रिन लोसनको प्रयोग गर्नुहोस् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय