scheduleमगलवार आश्विन १३ गते, २०७७

कोमाबाट ब्युँझनासाथ पत्निको मृत्यूको खबर, ८ दिनपछि पतिको पनि मृत्यू


वासिङ्गटन, २ जेठ । अमेरिकाको मेरिल्याण्डमा कोरोना भाइरसबाट ज्यान गुमाउने एक जोडीको दुःखद कथा बाहिर आएको छ । कोरोना संक्रमण भेटिएपछि एक पुरुषलाई अस्पतालमा भर्ना गरियो । उनको पत्नि पनि क्वारेन्टाइनमा थिइन् ।

अस्पताल भर्ना भएका पति कोमा गए । यो खबर सुनेर पत्निको हृदयघात भएर मृत्यू भयो । पति जब कोमाबाट निस्किए, तब उनले श्रीमतिको सोधीखोजी गरे । जब यथार्थ थाहा पाए, तब उनी पनि शोकमा परे ।

विवाहको २४ वर्ष पूरा गरिसकेका यो जोडीको एक हप्ताको अन्तरालमा दुवै सदस्य संसारबाट बिदा हुनुपर्‍यो ।

मेरिल्याण्डको प्लीजेन्ट भ्यू नर्सङ्ग होममा नर्सिङ असिस्टेन्टको रुपमा काम गरिरहेका ६९ वर्षीय लारेन्स नोक्स सुरुमा कोरोनाको संक्रमणमा आएका थिए । थाहा भएपछि उनलाई ३० मार्चमा अस्पताल भर्ना गरिएको थियो । स्थिति बिग्रँदै गएपछि उनलाई भेन्टिलेटर हुँदै कोमासम्म राख्नुपर्‍यो ।

उनी कोमाबाट बाहिर निस्कनासाथ पत्नी मिनेट नोक्सबारे सोध्न थाले । सुरुमा त आफन्त र चिकित्सकले यो कुरा लुकाए । तर, बिस्तारै उनले थाहा पाइहाले ।

उनकी छोरीका अनुसार नोक्सको ७१ औं जन्मदिनभन्दा एक दिन पहिला हृदयाघात भएको हो । उनी क्वारेन्टाइनमा पतिको स्वास्थ्य अवस्थाबारे चिन्तित थिइन् । त्यहाँ उनले पीडा बाँढ्ने मानिस पनि भेटिनन् । मृत्यूपछिको परीक्षणमा उनलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

निक्स कोरोना महामारीमा स्वास्थ्यकर्मीका रुपमा अग्रपंक्तिमा काम गरिरहेका थिए । कामकै क्रममा उनलाई कोरोना संक्रमण भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय