scheduleबुधवार जेष्ठ १४ गते, २०७७

रेडियो बिहानीको भवनमा आगलागी, प्रसारण अवरुद्ध

धादिङ, २ जेठ । धादिङबाट प्रसारण हुँदै आएको सामुदायिक रेडियो, बिहानी एफएम ९७.६ मेगाहर्जको भवनमा आगलागी भएको छ ।

सहिद स्मृति सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित उक्त रेडियोको दुई तले भवनको पहिलो तला पूर्णरुपमा जलेको छ । रेडियोका स्टेशन म्यानेजरका अनुसार रेडियोको उपकरणहरुमा क्षति नभए पनि तार र अन्य संरचना जल्दा रेडियो प्रसारण अवरुद्ध भएको छ ।

Dish_Home

रेडियो शनिबार बिहान १० बजेदेखि सञ्चालनमा ल्याउन प्रयास गर्ने देवकोटाले जानकारी दिए । रेडियोको पहिलो तला व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको र दोस्रो तलामा रेडियो सञ्चालन हुँदै आएको थियो ।

नीलकण्ठ नगरपालिकाको दमकल, सुरक्षा निकाय र स्थानीय स्वयम्सेवीले आगलागीलाई नियन्त्रणमा लिएका छन् । रेडियो बिहानी सहिद तथा बेपत्ताहरुको स्मरण र सम्मानमा स्थापित सञ्चार संस्था हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय