scheduleशनिवार जेष्ठ १७ गते, २०७७

अनन्या पाण्डेले शाहरुखकी छोरीलाई टप्स मागेपछि पाइन् यस्तो जवाफ

एजेन्सी, ३ जेठ । लकडाउनका कारण अहिले बलिउड सेलिब्रेटीहरु सोसल मिडियामा एकदमै सक्रिय छन् । यसबीच बलिउड बादशाह शाहरुख खानकी छोरी सुहाना खानले आफ्ना केही फोटोहरु इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । यी फोटोहरुमा सेलिब्रेटीहरुको कमेन्ट अहिले चर्चाको विषय बनेको छ ।

आमा गौरी खानले क्लिक गरेका ती फोटोहरु सुहानाले इन्स्टामा पोस्ट गरेकी थिइन् । सुहानाको यो फोटो धेरैले मन पराएका छन् । मनिष मल्होत्रादेखि ज्याकलिन जस्ता सेलिब्रेटीसम्मले उनको फोटोमा कमेन्ट गरेका छन् । तर यसबीच अनन्या पाण्डेको कमेन्ट खूब चर्चामा आएको छ ।

Dish_Home

अनन्याले कमेन्टमा नै अप्रत्यक्षरुपमा सुहानासँग उनको टप्स मागेकी छिन् ।

कमेन्टमा अनन्याले लेखेकी छिन्, ‘मलाई यो टप्स राम्रो लाग्यो सू । तर मलाई थाहा छ तिमीले यो मलाई दिदैनौं ।’

त्यहीँ अनन्यालाई जवाफ दिदैँ सुहानाले रोचक रिप्लाई गरेकी छिन् । उनले लेखेकी छिन्, ‘पहिले मलाई मेरो सर्ट्स फिर्ता गर ।’
अनन्या र सुहानाको यो कमेन्टलाई फ्यान्सहरुले निकै मन पराएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय