scheduleबुधवार आश्विन ७ गते, २०७७

बलिउड तथा हलिउड स्टारहरुको डाटा ह्याक


एजेन्सी, ३ वैशाख । यो युग सामाजिक सञ्जालको हो । तर सामाजिक सञ्जाल तपाईको साथी मात्र होइन् यो जीवन विनाश गर्ने उत्तिकै शक्तिशाली हतियार पनि हो । हालै प्रकाशित एक खबरअनुसार बलिउड अभिनेत्री प्रियंका चोपडा, हलिउड सेलिब्रेटी लेडी गागा, मडोनासहित धेरै अन्तराष्ट्रिय हस्तीहरुको डेटा ह्याक भएको छ ।

अमेरिकास्थित एउटा मिडिया तथा इन्टरटेन्मेन्ट कम्पनीबाट यी डेटाहरु चोरी भएका हुन् । ह्याकरले यी सेलिब्रेटीहरुलाई डेटा लिक गर्ने धम्की पनि दिएका छन् ।

भेराइटी डट कमको रिपोर्टअनुसार, न्युयोर्कस्थित उक्त कम्पनीबाट ह्याकरले कूल ७५६ जीबीको डेटा चोरी गरेका छन् । उक्त डेटामा सेलिब्रेटीहरुको कन्ट्याक्ट, गोप्य कन्ट्याक्ट, फोन नम्बर, ईमेल एड्रेस र अन्य निजी कुराकानीहरु रहेका छन् । ती सेलिब्रेटीहरुको सामाजिक सञ्जाल सम्बन्धि विभिन्न जानकारीहरु पनि उक्त ह्याक डाटामा छन् ।

ह्याकरहरुले डाटाको फिरौतीका लागि ४ करोड २० लाख डलर माग गरेको छ । अन्यथा ह्याकरले निजी जानकारी सार्वजनिक गर्ने धम्की दिएका छन् । तर डाटा संरक्षण गर्ने उक्त कम्पनीले फिरौती रकम दिन अस्वीकार गरेको छ । हाल अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले यसमाथि अनुसन्धान गरिरहेको छ ।

उक्त ह्याकर समूहको नाम आरईभील अर्थात् सोडिनोकिबी भएको बताइएको छ । उक्त कम्पनीको ग्राहकको सूचीमा डिस्कभरी, फेसबुक, एचबीओ, आईम्याक्स, एमटीबी, ईएमआई, म्युजिक ग्रुप, एनबीए इन्टरटेन्मेन्ट, प्लेब्वाय इन्टरप्राइजेज, सामसङ इलेक्ट्रोनिक्स, सोनी कर्प, युनिभर्सल म्युजिक ग्रुप जस्ता ठूला कम्पनीहरु समेत रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय