scheduleबुधवार जेष्ठ १४ गते, २०७७

अफगान हमलामा अनाथ भएका बच्चाहरुलाई दूध खुवाउने एउटी आमाको कथा


एजेन्सी, ३ जेठ । अफगानिस्तानको राजधानी काबुलको एक प्रसुतिगृहमा बम विस्फोटन तथा गोलाबारी भए पछि २४ जनाले ज्यान गुमाएका थिए । उक्त घटनामा धेरै नवजात शिशु, गर्भवती महिला, सुत्केरी तथा नर्सहरुको मृत्यु भएको थियो ।

यसबीच धेरै बच्चाहरु अनाथ भएका छन् । अहिले यी सबै बच्चाहरुलाई एउटै आमाले स्तनपान गराउँदै छिन् ।

फिरुजा उमर नामकी ती महिला भन्छिन्, ‘म आफ्नो बच्चालाई स्तनपान गराउँदै थिएँ, तब अन्य शिशुहरुको बारेमा सोचर मलाई चिन्ता भयो । ती शिशुहरुको समस्या देखेर म भावुक भए ।’

Dish_Home

गत मंगलबार उक्त प्रसुति अस्पतालमा चरमपन्थी समूहहरुले हमला गरेका थिए ।

२७ वर्षीया फिरुाले टेलिभिजन र सामाजिक सञ्जालहरु मार्फत उक्त घटनाको बारेमा सुनिन् । घटनाबाट विचलित भएकी उनले तस्विरबाट नै त्यहाँको अवस्थाको आँकलन गरिसकेकी थिइन् ।

त्यसपछि उनले त्यस्ता बच्चाहरुलाई सहयोग गर्ने निर्णय गरिन् । त्यसपछि उनले जे गरिन् त्यो काम निकै सहासपूर्ण काम थियो ।

उनी भन्छिन्, ‘जब रोजा तोड्ने समय आयो तब मैले त्यस्ता अनाथ बच्चाहरुलाई मद्दत गर्ने चाहना श्रीमानसँग जाहेर गरे । त्यो हमला रमजानको समय भएको थियो । मेरो श्रीमानले अनाथ बच्चाहरुलाई सहयोग गर्ने मेरी चाहनालाई तुरुन्तै अनुमति दिए ।’

श्रीमानले घरमा बच्चाहरुको स्यहार सुसार गर्ने जिम्मेवारी लिए पनि उनी अस्पताल जाने भइन् । त्यसबेलासम्म अफगानको विशेष फौजले दश्त ए बारची अस्पतालबाट सयभन्दा धेरै आमा र बच्चाहरुलाई बचाएर निकाली सकेका थिए । ती मध्ये कतिपाय नवजात शिशुलाई अतातुर्क चिल्ड्रेन्स अस्पताल रेफर गरी सकिएको थियो । अस्पतालभन्दा करिब दुई किलोमिटर टाढा थियो फिरुजाको घर थियो ।

तर अस्पतालसम्म पुग्न फिरुजाको लागि जोखिमपूर्ण थियो । उक्त भयंकर हमलापछि ध्वस्त शहर र कोरोनाको जोखिममा उनी अस्पताल पुगिन् ।

जब उनी अस्पताल पुगिन् तब उनले २० जना बच्चाहरु त्यहाँ देखिन् । ती बच्चाहरु मध्ये केही घायल थिए । उनले ती बच्चाहरुलाई दूध खुवाउनेबारे नर्सहरुसँग आग्रह गरिन् । नर्स हालत खराब भएर धेरै रोइरहेका बच्चाहरुलाई दूध खुवाउन फिरुजालाई अनुमति दिए ।

त्यसपछि उनले चारजना बच्चाहरुलाई आफ्नो दूध पिलाइन् । फिरुजा आउन अघि नर्सहरुले पावडर दूध ती बच्चाहरुलाई पिलाउन प्रयास गर्दै थिए ।

यसरी एउटी आमा फिरुजाले धेरै बच्चाहरुलाई नयाँ जीवन दिइन् । ती बच्चाहरुलाई दूध पिलाइसकेपछि आफूलाई धेरै खुशी र सन्तुष्टि मिलेको उनले बताइन् ।

त्यसपछि घर फर्किएको दुई घण्टापछि उनले आफ्नो बच्चालाई पनि दूध पिलाइन् । हमलाको रातपछि फिरुजा अर्को दुई दिन बुधरबार र बिहीबार अस्पताल गएर बच्चाहरुलाई दूध पिलाइन् । श्रीमानको सहायता र मायाले गर्दा आफूले त्यस प्रकारको काम गर्न सक्षम भएको उनले बताइन् ।

फिरुजा एक प्रशिक्षित मनोचिकित्सक हुन् । उनी युद्ध र संघर्षको पीडा सामना गरिरहेका तमाम अफगान परिवारहरुको घाउ र पीडा कम गर्न चाहान्छिन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय