scheduleसोमवार जेष्ठ १२ गते, २०७७

बेल्जियममा वृद्धवृद्धामाथि कर लगाउन माग

एजेन्सी, ३ जेठ । कोरोना महामारीले संसारमा नयाँ नयाँ बहसहरु सिर्जना भइरहेको छ । अकल्पनीय महामारीका कारण लाखौं मानिसले ज्यान गुमाइसकेका छन् । यसको मुख्य केन्द्रहरु विकसित राष्ट्रहरु बनिरहेका छन् ।

यसैबीचमा बेल्जियमका एक अर्थशास्त्रीले वृद्धवृद्धामाथि विशेष कर लगाउनुपर्ने तर्क अगाडि सारेका छन् । उनले यस्तो कर युवायुवतीको मद्दतमा खर्च गर्नुपर्ने सुझाव दिएका छन् ।

Dish_Home

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर जेन एमेनुएल डि नेभे भन्छन्, ‘संक्रमणबाट वृद्धवृद्धाहरु बढी प्रभावित छन् । तर, यसको सजायँ युवाहरुले भोग्नुपरिरहेको छ । उनीहरुको जागिर गएको छ र उनीहरु घरमा कैद भएका छन् । वृद्धवृद्धाले यो कुरा बुझ्न आवश्यक छ । उनीहरुबाट उठाइएको विशेष कर सरकारले युवाहरुको भलाईमा खर्च गर्नुपर्छ ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय