scheduleबुधवार आश्विन १४ गते, २०७७

नयाँ शीतयुद्धको चरित्र

डानिल बोच्कोभ

कोभिड–१९ महामारीले विश्वव्यापी क्षति गर्‍यो । विश्व अर्थतन्त्रको तीव्र संकुचन हुने ठानिँदैछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यसको डरलाग्दो चित्र खिचेको छ । गत बर्ष विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत थियो । यो वर्ष ३ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ । यो सन् १९३० को महामन्दीपछि कै सबैभन्दा खराब अवस्था हो ।

कोरोना भाइरसको पश्चगामी असर अर्थतन्त्रमा मात्र सीमित हुने छैन । यसले भूराजनीतिक प्रतिस्पर्धालाई समेत गाल्ने संभावना छ । तर त्यसको स्वरुप कस्तो हुन्छ अहिले नै भन्न सकिने स्थिति छैन । चीन कमजोर हुने कुनै प्रष्ट आधार अहिलेसम्म देखिएको छैन । चीन र रुसको सम्बन्धमा कस्तो प्रभाव पर्छ, यो अझै अनुमानमा सीमित छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस फैलिनुका कारण र अन्य सत्य लुकाएको भन्दै चीनलाई बारम्बार धम्क्याउँदै, गाली गर्दै र तीखा वचनले घोच्दै छन् । उनीले यही बर्षको प्रारम्भतिर चीन–अमेरिकाबीच भएको नयाँ व्यापार सम्झौता रद्ध गर्ने धम्की समेत दिएका छन् ।

अमेरिका र यसका सहयोगी राष्ट्रहरुले चीनलाई टाढा पार्ने गरी आफ्नो आपूर्ति प्रणालीलाई पुनर्आकारित गरेका छन् । अमेरिका र चीनबीच शीतयुद्ध जस्तो अवस्था निरन्तर चर्किदै गइरहेको छ । यो राजनीतिक तथा आर्थिक प्रतिद्वन्द्विता गत वर्ष जब चीनलाई ‘ककेसियन राष्ट्रहरुको विरोधी’ देखाउने प्रयत्न गरियो झनै चर्कियो । अमेरिकी अधिकारीहरुले आफ्ना सबै आलोचनाहरु सिधै चिनियाँ कम्युनिष्ट पार्टीमाथि लक्षित गर्दछन्, जस्ले यो द्वन्द्वलाई अझ बढी वैचारिक बनाउँछ ।

कोभिड–१९ लाई लिएर अमेरिकीहरु जसरी चीन, रुस र इरानविरुद्ध खनिने गर्दछन्, त्यसले कोरोना भाइरसबारेको बुझाईलाई झनै जटिल र गलत बनाउँछ । यस बिषयमा पनि अमेरिका एक रोगी लोकतन्त्रवादीको अवधारणालाई प्रयोग गरिरहेको हुन्छ जबकी भाइरसले लोकतन्त्रवाद र तानाशाहीको कुनै सीमाना पालना गरेको छैन ।

अमेरिकाका यी व्यवहारले रुस र चीनलाई एकातिर हुन बाध्य पार्दैछ । यी देश विस्तारै एक आपसमा नजिक हुँदैछन् । केही समयअघिसम्म संसारका सबै दुर्भाग्यका लागि रुसलाई दुत्कार्ने गरिन्थ्यो, त्यो घानमा अब चीन परेको छ । यसो हुनुमा केही अमेरिकी नीतिनिर्माताहरु जत्तिकै केही ब्रिटिस अधिकारहरु पनि जिम्मेवार छन् ।

सन् १९७० को दशकमा अमेरिका र सोभियत संघको सम्बन्ध नराम्ररी बिग्रको थियो । त्यसको फाइदा चीनलाई भएको थियो । त्यो अबधिमा अमेरिका–चीन सम्बन्ध मधुमासजस्तो थियो । यो स्थिति सन् १९५० तिरै प्रारम्भ भएको थियो । चीन–सोभियत संघले एकअर्कामा वैचारिक सम्बन्धको औचित्य अस्वीकार गरेका थिए, जस्तालाई त्यस्तै आरोप लगाउने नीति अलबम्बन गरेका थिए ।

सन् १९५९ मा सोभियत नेता निकिता ख्रुश्चेभले माओ त्से तुङमाथि सीमा संघर्ष चर्काएको आरोप लगाए । सन् १९६२ का भारत–चीन युद्धमा सोभियत संघ भारतको पक्षमा थियो । अर्कोतिर सन् १९७२ मा अमेरिकी राष्ट्रपतिको पहिलो चीन भ्रमणपछि अमेरिका–चीन सम्बन्ध भने नाटकीय सुधार आउँन थालेको थियो ।

आज ठीक उल्टो भइरहेको छ । अमेरिका आफै चीन–रुस सम्बन्ध राम्रो हुने वातावरण बनाइरहेको छ । यो सम्बन्ध गत बर्ष जब रुसले चीनलाई क्षेप्रास्त्र प्रतिरक्षा प्रणाली निर्माण गर्न मद्धत गर्यो, त्यो वेला देखि नै रणनीतिक तहमा विकास भइरहेको थियो । आर्थिक दृष्टिकोणले पनि यो सम्बन्ध बिषम नै थियो । गत बर्ष यी दुई देशले परस्पर व्यापारमा सन् २०२४ सम्म दोब्बर बृद्धि गर्ने लक्ष्य राखेका छन । यी घटनाहरु निश्चिय नै नयाँ र ठूला चुनौति हुन । कोरोनाको वैश्विक महामारी र यसले दिने नतिजाको प्रकासमा यी घटनालाई हेर्न जरुरी छ ।

महामारीका बीचमा पनि यो बर्षमा पहिलो त्रैमासिक अवधिमा चीन र रुसबीचको व्यापारमा ३.४ प्रतिशतले बृद्धि भएको छ । चीनमा रुसी निर्यातमा १७ प्रतिशतको आश्चर्यजनक वृद्धि भएको छ । जबकी यही अवधिमा चीनको युरोपियन युनियन, अमेरिका र जापानसँगको व्यापारमा क्रमशः १० प्रतिशत, १८ प्रतिशत र ८ प्रतिशतले कमि आएको छ ।

डानिल बोच्कोभ

हुनतः चीनमा रुसी निर्यात बृद्धिको मुख्य कारण तेल मूल्यमा आएको भारी गिरावट र चीनले रुसी तेल खरिद गरेको कारणले हुनु पर्दछ । चीनले लकडाउ यता ७६ मिलियन ब्यारेल तेल भण्डारण गरिसकेको छ । मार्चमा मात्र चीनले रुसबाट १.६ मिलियन टन तेल लोड गरेको अभिलेख छ ।

जनवरीमा रुसको गैरउर्जा चीन निर्यात ४६ प्रतिशतले बढेको थियो । त्यसमा मुख्यतः तामा, कुखराजन्य उत्पादन र माछा थियो । रुसले यसबीच २३ मिलियन डलर बराबरको सैन्य तथा अन्तरिक्ष उपकरणको समेत चीनसंग व्यापार गरेको छ । अझ रोचक कुरा– मस्कोले विश्व स्वास्थ्य संगठनमा अमेरिकाले चीनमाथि लगाउने आरोपको प्रतिरक्षा गर्न समेत सघाउँदैछ । रुसको विदेश मन्त्रालयले कोरोना प्रकोपको सम्पूर्ण क्षतिपूर्ती चीनले तिर्नुपर्ने मागलाई अस्वीकार्य भनिसकेको छ ।

मे ९ का दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिङ पिङले लामो र सार्थक फोनवार्ता गरेका थिए । त्यो छलफलमा दोस्रो विश्वयुद्धको विजयी परिणामको रक्षा गर्ने, इतिहासको विकृत पार्ने प्रयासलाई रोक्ने, रुस र चीन मिलेर विजय र मानवता बचाउन अमिट योगदान गर्नेजस्ता बिषय समेटिएका थिए ।

यो भाष्य रुससंग चीनको मनोवैज्ञानिक सामिप्यताको प्रतीक हो । बेलायत र अमेरिकी भाष्यमा सन् १९४५ को मे ८ मा नाजीवादको पराजय उनीहरुको विजय र पराक्रम हो । राज्यहरुबीच भइरहेका यस्ता वैचारिक पूर्वाग्रहमा गहिरो तनावको भावना अन्तर्निहित छ । यी प्रयासले साझा संघर्ष र उपलब्धिको भावनालाई निरुत्साहित गर्दछ ।

अमेरिका–चीन बीचको विद्यमान टकरावले समकालीन विश्वको स्थिरतामा ठूलो चुनौति सिर्जना गर्दछ । यो हिजोको शीतयुद्धजस्तो मात्र नभएर भूमण्डलीकरणको अझ बृहत्त यथार्थमा आधुनिक विश्व कै अन्तर्सम्बन्ध र ध्रुवीकरणको कारण बन्न सक्दछ । यो तनाव वैचारिक, आर्थिक र सामाजिक क्षेत्रलाई प्रभावित ठूलो विभाजन भने छैन ।

यो अमेरिका–चीन प्रतिस्पर्धाको मनोविज्ञानमा आधारित छ । यो स्थिति नक्कली झगडाजस्तो छ जसमा कयौं खेलाडीहरु जोडिदै जाने खतरनाक स्थिति सृजना हुन्छ । विश्वको उच्चस्तरको अन्तनिर्भरताबीच यस प्रकारको तनाव सम्बद्ध सबैका लागि हानिकारक हुन सक्दछ ।

अमेरिका र चीनबीचको प्रतिस्पर्धा लामो समय रहेमा सबैले कुनै न कुनै पक्षतिर लाग्नु पर्ने बाध्यता आउने छ । जसरी कोभिड–१९ को सन्दर्भमा अमेरिकाका अभिव्यक्ति र व्यवहारले रुस र चीनलाई नजिक बनाउन भूमिका गरेको छ । यो समस्याग्रस्त समयमा यति नयाँ शीत युद्धको सम्भावनालाई रोक्ने हो भने सबैले बहुपक्षीय संवाद र सहकार्यमा जोड दिनुपर्ने आवश्यकता छ ।

(मे १४ को साउथ चाइना मोर्निङ पोष्टबाट भावानुवाद गरिएको)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय