scheduleशनिवार जेष्ठ १७ गते, २०७७

कविताः कालापानीमा गोली चल्यो !

कविता
दामोदर त्रिपाठी

सुन्दै छु म आज मात्रै
कालापानीमा गोली चल्यो,

सोच्दै छु म बल्ल आज
नालापानीमा गोली चल्यो….. !

फेरी आए अरे फिरंगीहरु
तिनै दुईसय वर्ष अगाडि
संग्राहलयमा काचेर राखेका
कालाबुटहरु बर्जार्दै,
फेरी आए अरे विस्ता।वादीहरु
बारुद र ट्याङ्कर लिएर
नालापानीको भिरै भिर हुँदै
कालापानीसम्म ।

Dish_Home

भन्दैछन् अरे
महामारी र अनिकालबाट जोगिन
शरण लिन आएका छौं,
भन्दैछन अरे
हाहाकार मैदानी जिन्दगीबाट
केहीबेर मात्रै त्राण पाउन,
हिमालको चिसो हावामा
एक पटक लामो सास र्फेन आएका छौं ।

तर, सुन्दै छु म
साँझ विहान गर्दै
बाटो खन्ने निहुँमा उनीहरुले
पहाडको छाति चिर्थोदैछन्,
सुन्दै छु म
हिमालको चिसो हावा खाने सुरमा
फेरी उनीहरुले,
नालापानीमा जस्तै
कालापानीको मुहान थुन्दैछन् ।

सुन्दै छु म आज मात्रै
कालापानीमा गोली चल्यो,
सोच्दै छु म आज बल्ल
नालापानीमा गोली चल्यो … !

हो,
नालापानीमा जस्तै फेरि उनीहरुले,
कालापानीको मुहान थुन्दैछन् अरे ।

सुन्दै छु म आज मात्रै
कालापानीमा गोली चल्यो,

सोच्दै छु म आज बल्ल…
कालापानीमा गोली चल्यो …. !

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय