scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

प्रहरी जवानमा कोरोना भेटिएपछि ४० जनाको स्वाब संकलन

काठमाडौं, ३ जेठ । बारामा नेपाल प्रहरीका एक जवानको स्वाब परीक्षण नतिजा पोजेटिभ आएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार
जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७४ पुगेको छ ।

पण्डितका अनुसार संक्रमित प्रहरी जवानलाई अस्पताल लाने तयारी भइरहेको छ भने उनको सम्पर्कमा आएका ४० जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी, सरकारी वकिल, र जिल्ला प्रशासन कार्यालयका केही कर्मचारीहरु पछिल्लो समय उनको सम्पर्कमा थिए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय