scheduleमगलवार जेष्ठ १३ गते, २०७७

लण्डन फर्किए टोटनहमका फरवार्ड सन

काठमाडौँ, ४ वैशाख । टोटनहमका फरवार्ड सन ह्युङ मिन लण्डन फर्किएका छन् । मार्चदेखि स्थगित भएको प्रिमियर लिग पुन सुचारु हुने भएपछि उनी अभ्यासका लागि क्लब फर्किएका हुन् । जुन महिनादेखि प्रिमियर लिग सुरु हुने तयारी भइराखेको छ ।

कोरियाको सैन्य सिविरमा तीन हप्ता बिताएका उनी उत्कृष्ट पर्फरको उपाधि जित्न सफल भएका थिए । यस सिजन उनले टोटनहमका लागि सानदार खेल पस्किरहेका छन् ।

Dish_Home

उनी र अर्का फरवार्ड ह्यारी केन घाइते भएपछि टोटनहमलाई नमिठो झट्का लागेको थियो । सनको हातमा चोट लागेको थियो । चोटमुक्त हुँदै उनी क्लब फर्किएका हुन् ।

त्यस्तै ह्यारी केन पनि फिट भइसकेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय