scheduleशुक्रवार आश्विन ९ गते, २०७७

कर्णाली प्रदेशः २७६३ जनाको पिसीआर परीक्षण

सुर्खेत, ४ वैशाख । कर्णाली सरकारले वैशाख २२ देखि एक सातासम्म प्रदेशका सबै नाका सिल गरी विभिन्न २७ स्थानमा चिकित्सकसहित मेडिकल टोली खटाएको थियो । ग्रामीण क्षेत्रमा स्वाब सङ्कलन कार्य पनि तीव्र पारिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शनिबारसम्म दुई हजार ७६३ को पिसीआर परीक्षण गरिएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सङ्कलन गरेका एक हजार २८९ र सुर्खेतस्थित प्रदेश प्रयोगशालाले सङ्कलन गरेका एक हजार ४७४ स्वाबको परीक्षण गरिएको हो । प्रदेशभर करिब आठ हजार जनाको आरडिटी गरिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले भारतबाट मान्छे आउने क्रम शुरु भएपछि कर्णालीमा चुनौती थपिएको बताए ।

“पहिलो चरणमा हामीले भारतलगायत विदेशबाट आएका व्यक्तिको परीक्षण गरेका थियौँ, यसले केही हदसम्म कोरोनाबाट सुरक्षित बनाएको थियो । फेरि भारतबाट आउने क्रम शुरु भएपछि जोखिमको बढेको छ”, निर्देशक भण्डारीले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय