scheduleबुधवार जेष्ठ १४ गते, २०७७

निर्देशक कार्कीलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सामाजिक विकास मन्त्रालयको माग

हेटौंडा, ४ जेठ । वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ । मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

‘जेठ २ गते शुक्रबारका दिन बागमती प्रदेश मातहतको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्की कोभिड-१९ निदान तथा नियन्त्रणका लागि काठमाडौं जाने क्रममा काठमाडौंको नागढुंगा नाकामा केही सुरक्षा निकायको उपस्थितिमा लकडाउनको परिपालना नगरी केही मानिसहरुको झुण्डले गाडी रोकी झोला खानतलासी गरी अभद्र व्यवहार गरेको र सोको भिडियो विभिन्न सामाजिक सञ्जालमा आएकोले उक्त घटनाप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिव सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Dish_Home

कोरोनाविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीलाई विश्वभरी नै हौसला प्रदान भइरहेको बेला आफ्नो कर्मक्षेत्रमा खटिएको कर्मठ स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति मन्त्रालयले खेद प्रकट गरेको छ । मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । मन्त्रालयले यस्ता घटनाबाट विचलित नभई आफ्नो कार्यस्थलमा निष्ठापूर्वक खटिरहन सम्पूरण स्वास्थ्यकर्मीहरुमा अपिल पनि गरेको छ ।

यस्तो छ घटना विवरण-

शुक्रबार दिउँसो काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएका स्वयंसेवीले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की सवार गाडी खानतलासी गरेका हुन् । उनीहरुले प्रहरीकै सामुन्ने कार्कीको हुर्मत लिएको र सामाजिक सञ्जालबाट भिडियो पोस्ट गरेका थिए ।

चितवन र हेटौँडामा कोरोना भाइरस परीक्षणको किट सकिएपछि काठमाडौं हिँडेका कार्की गाडीमा आफ्नो सहयोगीसहित थिए ।  उनी उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा करिब १२ बजे आइपुगे का थिए ।

सवारी प्रहरीले रोके पनि सोधपुछ गर्न भने हुल बाँधेर उभिएका युवा गाडीनजिक आए । उनीहरुले अनावश्यक प्रश्न सोध्न, झोला खोतल्ने काम गरेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय