scheduleसोमवार जेष्ठ १२ गते, २०७७

अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गर्नु ऐतिहासिक कामः प्रवक्ता श्रेष्ठ

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले भारतले अतिक्रमण गरेको भूमि समेटेर नक्सा सार्वजनिक गर्ने निर्णय ऐतिहासिक भएको बताएका छन् ।

आइतबार राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रक्वता श्रेष्ठले नेपालको नक्सा सार्वजनिक गर्ने ऐतिहासिक निर्णय बर्तमान सरकारले नीति तथा कार्यक्रममार्फत उद्घोष गरेको प्रतिक्रिया दिएका हुन् ।

Dish_Home

श्रेष्ठले नेपालले देशको सार्वभौमिताको पक्षमा उभिन कुनै अन्य शक्तिहरूको उक्साहट वा भूमिका आवश्यक छैन भन्ने बुझ्न पनि आग्रह गरे । श्रेष्ठले नेपाल कहिले कसैको उपनिवेश नबनेको भन्दै आफ्नो देशको हितमा बोल्न कसैको उक्साहट वा भूमिका आवश्यक नरहेको पनि स्पष्ट पारे ।

नेपाली जनताले इतिहासमा जस्तै देशको सार्वभौमिकताको रक्षा गर्ने सामर्थ्य राख्ने भन्दै उनले नेपालले छिमेकी देशसँग प्रगाढ सम्बन्ध राख्न चाहेको पनि उल्लेख गरे ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम निकै राम्रो र मुलुकको लोकतन्त्र राम्रो बनाउन केन्द्रीय रहेको बताए । त्यस्तै कोरोना नियन्त्रण र यसका कारण आएको परिस्थितिलाई बुझ्दै ल्याएको कार्यक्रम पनि उत्कृष्ठ रहेको उल्लेख गरे ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय