scheduleसोमवार आश्विन ५ गते, २०७७

बायर्न म्युनिखको सहज जित

काठमाडौँ, ५ जेठ । गएराति भएको जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखले युनियन बर्लीनलाई २-० गोलले पराजित गरेको छ । बर्लीनको मैदानमा भएको खेलमा बायर्नका लागि रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक एक गोल गर्न सफल भएका थिए ।

वायर्नका लागि खेलको ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गोल अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बायर्न दोस्रो हाफमा पनि उत्तिकै बलियो देखियो । उसका लागि खेलको ८१ औं मिनेटमा पाभर्डले गोल गरे ।

सहज जित हात पारेको बायर्नले २६ खेलबाट ५८ अंक जोड्न सफल भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५४ अंक छ ।

बर्लीन ३० अंकका साथ लिगको १२ औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय