scheduleशुक्रवार आश्विन ९ गते, २०७७

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश

काठमाडौँ, ५ जेठ । पछिल्लो समय निकै चर्चामा रहेका छन् नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) । उनी अमेरिकन आइडलको टप ५ मा प्रवेश गर्दै उपाधि नजिक पुगेका छन् ।

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्डमा प्रत्येकले दुई दुई वटा प्रस्तुति दिदै दिने छन् ।

एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

कोरोना भाइरसको महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् । टप ५ मा पुगेका मध्ये दिवेश सहित ४ जना विदेशी मूलका हुन् ।

दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय