scheduleसोमवार आश्विन ५ गते, २०७७

‘बार्सिलोनाले नेयमारलाई पुन: अनुबन्ध गर्नु हुँदैन’

काठमाडौँ, ५ जेठ । पुर्व ब्राजिलियन फरवार्ड जियोभानी एलबरले बार्सिलोनाले पिएसजी फरवार्ड नेयमारलाई पुनः अनुबन्ध गर्न नहुने बताएका छन् । तीन सिजन अगाडि बार्सिलोना छोड्दै उनी पिएसजीमा अनुबन्ध भएका थिए ।

तर, पिएसजीमा गए पनि उनले सोचेजस्तो सफलता पाउन सकेनन् ।

उनलाई बार्सिलोनाले २४० मिलियन डलरमा पिएसजीलाई बेचेको थियो ।

जियोभानी भन्छन्, ‘जब उनले बार्सिलोना छोडे तब भनेका थिए विश्वकै उत्कृष्ट खेलाडी बन्न पिएसजीमा अनुबन्ध भएको हुँ । तर, पछि उनले थाहा पाए पिएसजी जानु उनको सही निर्णय थिएन । उनी आफैँले बार्सिलोना छोडेका हुन् । उनी बार्सिलोना पुनः फर्कने कुरामा म विश्वास गर्न सक्दिन ।’

उनी अगाडि भन्छन्, ‘मलाई लाग्छ अझै तीन चार सिजन पिएसजीले च्याम्पियन्स लिग जित्न सक्दैन । उनी च्याम्पियन्स लिग जित्न चाहन्छन् ।’

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले नेयमारलाई पुनः बार्सिलोनामा ल्याउन दबाब दिएको खबर बाहिर आइरहँदा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय