scheduleआइतवार मंसिर १४ गते, २०७७

सीमा अतिक्रमण

कविता
रुद्र दाहाल

फेरि छिमेकीद्वारा सीमा मिचियो रे,
नेपाली भूमि हडपी सडक बिस्तार गरियो रे,
उता फेरि नेपाली सपूतहरु माथि आक्रमण भयो रे,
अनि सगरमाथा माथि पनि धावा बोलिंदै छ रे,
यो केहो सरकार ? हाम्रो अस्तित्व खै ?

हामी कति कमजोर, आफ्नो मातृभूमिको रक्षा गर्न पनि नसक्ने,
अरुले अन्याय गर्दा पनि चुप लगेर बस्ने,
देशको सार्वभौमसत्ता लुटिंदा पनि टुलुटुलु हेरेर बस्न सक्ने,
देश बेचिँदा पनि अमुक बन्न सक्ने !

आमा र मातृभूमि समान हुन्, जसको अपहेलना भएको हेर्न सकिन्न,
यस्तै अन्याय भै रहने हो भने सहेर अब बस्न सकिन्न,
समयले निकै फड्का मारिसक्यो,
छिमेकीको अत्याचारले नेटो काटी सक्यो,
सबैले एक पटक गम्भीर भएर सोचौं !

यो पीडा आजको मात्र होइन, किन स्थायी समाधान खोजिन्न ?
इतिहासले धेरै पाठ सिकाई सक्यो, किन सहि बाटो रोजिन्न ?
वीर गोर्खालीहरुको आदत छैन कसै सामु पनि झुक्ने,
अन्याय सही चुप लागेर निकम्मा बनी बस्ने,

हामी संसारका कुनाकुना छरिएर रहे पनि, देशको माया अगाध छ,
देशलाई परेको अन्याय देख्दा मन धुरुधुरु रोइरहेको छ,
नेपाल आमा, तिम्रो रक्षाको लागि, हामी सधैं साथै छौ,
परेको बेला तिम्रो स्वाभिमानको रक्षार्थ ज्यान दिन तयार छौं ।

पुर्खाले  सिर्जेको बलिदानी यात्रा हामीले रक्षा गर्नुछ,
नेपाली आमाको मुहार सधैं हामीले हँसिलो राख्नुछ,
त्यही माटोले हामीलाई हुर्कायो बढायो, त्यो गुण कहिल्यै नभुलौं
देशलाई अन्याय परेको बेला सबैले साथ दियौं ।
भारतीय बिस्तारवादी प्रवृतिको खुलेर निन्दा गरौँ
अन्याय र अत्याचारको विरुद्ध एक भै जुटौं ।
अन्याय र अत्याचारको विरुद्ध एक भै जुटौं ।

१७ मे २०२०

हालः क्यानडा

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay